परियार समाज दाङ–२ को कार्यालय स्थापना

घोराही । परियार सेवा समाज दाङले क्षेत्र नं. २ मा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १७ धोब्बेमा सोमबार आयोजित विशेष कार्यक्रममा परियार समाज दाङ अध्यक्ष केशव परियारले समाजको कार्यालय उद्घाटन गरेको क्षेत्रीय अध्यक्ष लीला नेपालीले जानकारी दिइन् ।

कार्यक्रममा समाजका अध्यक्ष नेपालीले दलित समुदायको उत्थान र हकहितका लागि परियार समाजको योगदान उल्लेख्य रहेको बताए ।

क्षेत्रीय कार्यालय उदघाटन कार्यक्रममा नेपाली कांग्रेस दाङकी कोषाध्यक्ष सावित्रा रानाको पनि सहभागिता रहेको थियो । कोषाध्यक्ष रानाले कांग्रेसले दलितहरूप्रति हुने जातीय छुवाछुत अन्त्यका लागि कांग्रेसले धेरै काम गरेको बताइन् ।

कार्यक्रममा सल्लाहकारद्वय चुर्ण परियार, प्रकाश परियार, कौशिला परियार, ममता परियार लगायतको सहभागिता रहेको थियो ।

Published : Monday, 2017 October 9, 4:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया