दाङ क्षेत्र नं. २ बाट खनाल र देवकोटाको नाम सिफारिस

काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ ।

साविक क्षेत्र नम्बर २ र ३ ले संयुक्त रुपमा नाम सिफरिस गरेका हुन् । प्रतिनिधी सभा सदस्यमा प्रत्यक्षतर्फ ३ जनाको नाम सिफरिस भएको क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जानकारी दिएका छन् ।

जसमा सांसदद्वय राजु खनाल र अनिता देवकोटा तथा कांग्रेस दाङ निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मी रहेका छन् ।

प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । पूर्वसभापति वीरकेश्वरी गौतम, खगराज पाण्डे, गिरिराज सुवेदी, गोपालराज शर्मा, कृष्णप्रसाद सुवेदी र मोहन घिमिरे र दामोदर केसी रहेका छन् ।

प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस भएको छ । भरतबहादुर न्यौपाने, श्याम रेग्मी, दीपक पाण्डे, हरि रजौरिया र कुमुदराज शर्माको रहेका छन् ।

Published : Wednesday, 2017 October 4, 5:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया