निगमको ‘घोटाला’बारे ओलीले दिए सनसनीपूर्ण अभिव्यक्ति

विराटनगर । एमालेका अध्यक्ष खडकप्रसाद ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाए ।

उनले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गरे ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘भ्रष्टाचारको विषयमा एमाले मौनता साध्दैन् । भ्रष्टाचार भएको छ भने मतियार पनि छन् ।’

Published : Saturday, 2017 September 16, 5:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया