एमालेले यसरी सुरु गर्‍यो आक्रामक प्रचार, ओली मधेस झर्दै

काठमाडौं । एमालेले स्थानीय तहको तेस्रो चरणको निर्वाचनको चुनाव सभाहरूलाई सम्बोधन गर्नका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारीसहित खटाएको छ ।

एमालेद्वारा बिहीबार जारी भएको प्रेस विज्ञप्तिअनुसार निर्वाचन प्रचार–प्रसारका लागि शीर्ष नेताहरूलाई तोकिएको हो । प्रदेश नं. २ का ८ वटा जिल्लाहरू सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा एमालेका शीर्ष केन्द्रित हुनेक्रम जारी रहेको जनाइएको छ ।

एमाले अध्यक्ष केपी ओलीले भोलि भदौ ३० गते जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभाहरू र कार्यक्रमहरुलाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

वरिष्ठ नेता झलनाथ खनालको भदौ ३० गते बाराका विभिन्न स्थानीय तहका कार्यक्रमहरुमा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल प्रदेश नं. २ का विभिन्न जिल्लाहरूमा सक्रिय रहिआएका छन् ।

……

नेपाल कम्युनिस्ट पार्टी

(एकीकृत माक्र्सवादी–लेनिनवादी)
केन्द्रीय प्रचार विभाग
धुम्बाराही, काठमाडौं

पत्र संख्या …….

२९ भदौ, २०७४

प्रेस नोट

स्थानीय तहको तेस्रो चरणको निर्वाचन आगामी २०७४ असोज २ गते हुन गइरहेको विदितै छ । निर्वाचनको प्रचार–प्रसारका क्रममा यतिबेला हाम्रो पार्टीको सिंगो नेतृत्व मूलतः प्रदेश नं. २ का ८ वटा जिल्लाहरु : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित हुनेक्रम जारी छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले भोलि भदौ ३० गते जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभाहरु र कार्यक्रमहरुलाई सम्बोधन गर्नुहुनेछ । वरिष्ठ नेता झलनाथ खनालको भोलि भदौ ३० गते बाराका विभिन्न स्थानीय तहका कार्यक्रमहरुमा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी नेता माधवकुमार नेपाल प्रदेश नं. २ का विभिन्न जिल्लाहरुमा सक्रिय रहिआउनुभएको छ । आफ्नो गृहजिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीलगायतका जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारहरुसँग घरदैलो पनि गरिरहनुभएको छ । उहाँले भोलि सिरहाको गोलबजार नगरपालिका लगायतमा सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी उपाध्यक्ष वामदेव गौतम र भीम रावल पनि यस प्रदेशका विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरुमा सरिक र सक्रिय हुनुहुन्छ ।
पार्टी महासचिव ईश्वर पोखरेल मूलतः वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रमहरुमा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ । उहाँ भोलि सिरहा र सप्तरीका कार्यक्रमहरुमा केन्द्रित रहनुहुनेछ । पार्टी सचिव प्रदीप ज्ञवाली भदौ २८ देखि सप्तरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आजदेखि सिरहामा केन्द्रित हुनुभएको छ । पार्टी सचिव भीम आचार्य मूलतः सप्तरीमा केन्द्रित हुनुहुन्छ । पार्टी सचिव गोकर्ण विष्ट भदौ ३० गते सर्लाहीका विभिन्न कार्यक्रमहरुमा पुग्ने कार्यक्रम रहेको छ । पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई सप्तरी, सिरहा, धनुषा र महोत्तरीका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुँदै भोलि सर्लाहीका नगरपालिकाकेन्द्रित चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्न पुग्ने कार्यक्रम छ । प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै रहनु भएको छ । गृहजिल्ला सप्तरी रहेको हुनाले नेता मण्डलले त्यहीँका चुनावी अभियानमा नेतृत्व प्रदान गरिरहनुभएको छ । प्रदेश नं. २ का सहसंयोजक नागेन्द्र चौधरी विशेषगरी गृहजिल्ला पर्सा र बाराका चुनावी गतिविधिहरुमा सक्रिय हुनुहुन्छ ।
विभिन्न ८ वटा जिल्लामा पार्टी नेताहरुमा निम्नानुसार खटिरहनुभएको छ :

सर्लाही
माधवकुमार नेपाल
बारा
वामदेव गौतम
वलवीरप्रसाद चौधरी
दिनेश राई
महोत्तरी
ईश्वर पोखरेल
योगेश भट्टराई
रामदयाल मण्डल
सरोज यादव
सिरहा
प्रदीप ज्ञवाली
लीलानाथ श्रेष्ठ
ममता गिरी
रामचन्द्र यादव
धर्मनाथप्रसाद साह
गंगा यादव
सप्तरी
भीम आचार्य
सत्यनारायण मण्डल
रामप्रित पासवान
शान्ता चौधरी
सुमन प्याकुरेल

धनुषा
शत्रुघन महतो
रघुवीर महासेठ
श्रीप्रसाद शाह
यदुवंश झा
रत्नेश्वरलाल गोइत
जुलीकुमारी महतो
सुधीर साह
पर्सा
नागेन्द्र चौधरी
रामचन्द्र साह
सर्लाही
लालबाबु पडित
लक्ष्मण पौडेल
रविन्द्र बैठा
कमलादेवी महतो
रौतहट
डा. वंशीधर मिश्र
कल्याणी खड्का
सरला यादव
मेटमणि चौधरी

सूर्य थापा
उप–प्रमुख

 

Published : Thursday, 2017 September 14, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया