यी हुन् राप्रपा (प्रजातान्त्रिक)का प्रदेश चलाउने कमाण्डरहरू

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सात प्रदेशका लागि संयोजक र सहसंयोजकहरू तोकेको छ ।

राप्रपा (प्रजातान्त्रिक)ले १ नं. प्रदेशको संयोजकमा महामन्त्री सुनिलबहादुर थापालाई तोकेको छ । सह–संयोजकको जिम्मेवारी केन्द्रीय सदस्यद्वय राजेन्द्र गुरुङ र सगुनसुन्दर लावतीलाई दिइएको केन्द्रीय सदस्य किरण गिरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

३ नं. प्रदेशको संयोजकमा उपाध्यक्ष बिक्रमबहादुर पाण्डेलाई तोकिएको छ । सह–संयोजकमा केन्द्रीय सदस्य राजाराम श्रेष्ठलाई तोकिएको छ ।

४ नं. प्रदेशको संयोजकको जिम्मेवारी दुर्गा श्रेष्ठले पाएकी छिन् । सह–संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य जगतप्रसाद गौचनले पाएका छन् ।

५ नं. प्रदेशको संयोजकमा उपाध्यक्ष दीपक बोहरा र सह–संयोजकमा ध्रुबबहादुर प्रधानलाई दिइएको छ ।

६ नं. प्रदेशको संयोजकको जिम्मेवारी कर्णबहादुर बुढाले पाएका छन् । सह–संयोजकको जिम्मेवारी भने दीपकबहादुर शाहीलाई दिइएको छ ।

७ नं. प्रदेशको संयोजकको जिम्मेवारी धर्मराज जोशीलाई दिइएको छ । सह–संयोजकको जिम्मेवारी केन्द्रीय सदस्यद्वय अरुण चन्द र पुष्कर दत्त भट्टले पाएका छन् ।

राप्रपा (प्रजातान्त्रिक)ले २ नं. प्रदेशको संयोजक र सह–संयोजकको जिम्मेवारी पछि तोक्ने जनाएको छ ।

Published : Saturday, 2017 September 9, 3:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया