दुर्घटनामा परी दुईजनाको मृत्यु

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका–७ ज्यामीरे जंगलमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

बुधबार साँझ पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ च ६१७६ नम्बरको सामान बोक्ने पिकअप भ्यानले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५७०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटरमा सवार नवलपरासी सुनवल–७ बस्ने वर्ष ३५ का देवबहादुर नेपाली र सीता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परी घाइते भएकी स्कुटरमा सवार सीता नेपालीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा भलुही मेडिकल कलेज, रुपन्देहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुनवलले जनाएको छ ।

Published : Thursday, 2017 September 7, 10:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया