पदम शर्मापछि ‘नेकपा’ले अब बलिभद्र रानालाई कालो मोसो लगाउने

घोराही । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले सडक तथा पुल निर्माणमा टेण्डर लिएर चरम लापर्बाही र ढिलासुस्ती गरेको ठेकेदार पदम शर्मालाई कालो मोसो दलेका छन् ।

घोराही उपमहानगरपालिका जनपरिषदले ‘कान्छाराम शंकरमाली निर्माण सेवा’का पेटी ठेकेदार घोराही भरतपुर निवासी शर्मालाई कालो मोसो दलेका हुन् । ‘नेकपा’ले विज्ञप्ति जारी गरेर ठेकेदार शर्मालाई कालो मोसो दलेको जनाएको छ ।

‘नेकपा’का कार्यकर्ताले शर्मालाई घोराहीको ट्राफिक चोक र कटुवाखोलाको बीच सडकमा नियन्त्रणमा लिएर कालो मोसो दलेका हुन् ।

घोराहीको कटुवाखोलोदेखि तुलसीपुर चोकसम्मको बाटो फराकिलो पार्ने ठेक्का लिउका ठेकेदार शर्माले कुनै पनि काम गरेका छैनन् । पुल निर्माणका लागि लिएको करोडौँ रकम हिनामिना गरेको ‘नेकपा’ले आरोप लगाएको छ ।

सडक निर्माण ढिलाई हुनु सडक डिभिजन र घोराही उपमहानगरपालिकाको समेत लापारबाही भएको ठहर ‘नेकपा’ले जनाएको छ ।

कालो मोसो दल्ने सूचीमा बलिभद्र रानाको नाम

यसैबीच ‘नेकपा’ले ठेक्कापट्टा लिएर गुणस्तरीय काम नगरेको अभियोगमा दाङका निर्माण व्यवसायी बलिभद्र रानालाई कारबाहीको सूचीमा राखेको छ । स्रोतका अनुसार रानालाई पनि ‘नेकपा’ले छिट्टै कारबाही गर्ने जनाएको छ ।

‘नेकपा’का एकजना नेताले भने, ‘बलिभद्र रानाका सम्बन्धमा पनि उजुरी परेको छ । रानाले महिला र युवतीलाई प्रलोभनमा पारेर यौनजन्य कार्य गर्ने, ठेक्का लिएर गुणस्तरीय काम नगर्ने, ठगी गर्ने, भ्रष्टाचार र अनियमितता गरेको उजुरी परेको छ । छानविन भइरहेको छ । यसबारेमा छिट्टै एक्सन लिन्छौँ ।’

राजाको सक्रिय शासनकालमा घोराही नगरपालिकाको मेयर बनेका राना आजकाल आफूलाई कांग्रेसी हुँ भनेर चिनाउनेगरेका छन् ।

Published : Saturday, 2017 September 23, 8:32 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया