मतदाताहरू कांग्रेसको पक्षमा छन् : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेता सिंहले मंसिरमा हुन लागेको निर्वाचनमा कांग्रेसलाई निर्वाचित गराउन आग्रह गरेका हुन् । ‘निर्वाचनका लागि पार्टीले तय गरेको उम्मेदवारको पक्षमा भोट माग्नुहोस् र जिताउनुहोस्’, नेता सिंहले भने । उनले भने, ‘कांग्रेसको पक्षमा मतदाताहरू छन् । अब ती मतदाताहरूलाई कन्भिन्स गर्न सक्नु पर्छ ।’

नेता सिंहले कांग्रेस नेतृत्वको सरकारको पालामा जारी भएको संविधानको आधारमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन लागेको भन्दै कांग्रेसको पक्षमा भोट माग्न कार्यकर्तालाई आग्रह गरे ।

नेता सिंहले कांग्रेसले गरेका कामहरू आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए ।

Published : Wednesday, 2017 September 20, 5:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया