चीनको बुलेट रेलमा आरामसँग सुत्न मिल्ने

बेइझिङ । चीनमा नयाँ आविस्कार गरिएको बुलेट रेलको बारेमा सुन्दा अचम्म लाग्न सक्छ । दिनप्रतिदिन नयाँ नयाँ आविस्कार गर्दै आईरहेको चीनले ८८० जना सुत्न मिल्ने आरामदायी बुलेट रेलको आविस्कार गरेको छ । जसलाई प्रविधिको दुनियामा नयाँ आयाम भनिएको छ ।

केही दिन अघि तीव्र गतिको रेल सञ्चालनको समाचारले सन्सनी मच्चाएको चीनले बेइजिङ–शाङहाई लाइनमा शनिवारदेखि २५० किलोमिटरको गतिमा कुद्ने बुलेट रेल विकास गरेको हो । छिङताउको फाङ कम्पनी लिमिटेडले प्रस्तुत गरेको यो रेल तुलनात्मक रूपमा अझै आरामदायी भएकाले यात्रुहरूको ध्यानाकर्षण बढेको छ।

यो रेल पहिलाको मोडल भन्दा ३७ प्रतिशत ठूलो छ भने ८८० जनाले यात्रा गर्न सक्नेछन् । हल्लाखल्ला पनि कम हुने यस रेलका शयन कक्ष पनि झन् आरामदायी छन् । चाइना डेलीका अनुसार यो रेल बेइजिङ साउथ रेलवे स्टेशनमा रोकिनेछ । – एजेन्सी

Published : Thursday, 2017 August 31, 4:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया