कांग्रेसले देशभरि श्रद्धाञ्जलि सभा गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री समेत रहेका नेता चक्रप्रसाद बास्तोलाको निधनको तेह्रौं दिनमा देशभरि श्रद्धाञ्जलि सभा गर्ने भएको छ ।
कांग्रेसले बिहीबार ७७ वटा जिल्लामा श्रदाञ्जलि सभा गरिनेछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले श्रद्धाञ्जलि सभा गर्ने जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिइएको बताए ।
तेह्रौं दिनसम्म शोकका कार्यक्रम गर्नुपर्ने भन्दै कांग्रेसले कात्तिक ७ गतेका लागि निर्धारित चियापान कार्यक्रमको मिति सारेको छ ।
कांग्रेसले दशैं, तिहार, छठ, नेपाल सम्ववत् लगायतका पर्वको अवसरमा कोजाग्रत पूणिर्माका दिन आयोजित चियापान कार्यक्रम कात्तिक १६ गते मध्यान्ह एक बजेदेखि पाँच बजेसम्म केन्द्रीय कार्यालय सानेपामा गर्न लागेको छ ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहेका ७४ वर्षीय बास्तोलाको असोज २७ गते निधन भएको थियो । बास्तोला ०६९ सालदेखि अर्धचेत थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत