दशैं नसकिदै कृष्णानगरमा कर्फ्यु लाग्यो
काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । झडप भएपछि आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लागेको छ ।
शनिबार हिन्दुहरुले दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा मुस्लिमहरुको जामे मस्जिद नजिक राखिदिएपछि एकाएक कृष्णनगरमा तनावग्रस्त बनेको थियो ।
कृष्णनगरमा हिन्दु धर्मालम्बी र मुस्लिम समुदायबीच दोहोरो ढुंगा हानाहान भएपछि शान्ति सुरक्षा कायम गर्न अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार सामान्य विषय भए पनि धार्मिक हिंसा भड्किने खतरा आएकाले कर्फ्यू जारी गर्नु परेको हो । उनले दई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको बताए ।
सो क्षेत्रको स्थिती तनावग्रस्त छ । शनिवार हिन्दुहरुले मस्जिद नजिकै दुर्गा भवानीको मूर्ति सेलाउन खोजेपछि सो क्षेत्रका मुस्लिमहरुले विवाद खडा गरेका थिए ।
दुर्गा भवानीको मूर्ति सेलाउने कार्य भने भएको छ । यसअघि पनि सधैं कृष्णनगर –२ मा रहेको सो मस्जिद नजिक दुर्गा भवानीको मूर्ति सेलाइने गरिन्थ्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत