नवलपरासीमा बस दुर्घटना, छजनाको मृत्यु
नवलपरासी । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत भएको छ । एकजनाको भने परिचय खुल्न सकेको छैन ।
इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो ।
घटनामा मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग गणमा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरी घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेका छन् ।
घटनामा थप एक जनाको मृत्यु भएको बताइए पनि सनाखत भएको छैन ।
प्रहरीले दिएको जानकारी अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए । प्रहरीका अनुसार ४० जना यात्रु बोक्ने क्षमताको भएको उक्त रात्री बसले ५२ जना यात्रु बोकेको थियो ।
दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत