ओलीकाे अभिव्यक्तिले दशैंमा दाहाललाई तनाव

विर्तामोड । कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले दुई चार जना कुनामा बसेर ओथारो बसेर चल्ला कोरल्दैमा सरकार नढल्ने बताएका छन् ।

विहीबार झापाको विर्तामोडमा उनले भने, ‘केही मान्छेहरु कराउँदैमा सरकार ढल्ने कुरै आउँदैन । यो सरकारबाट जनताको ठूलो अपेक्षा छ ।’ यो भनाइ कोप्रति केन्द्रत
थियो उनले केही भनेनन् । ओलीको भनाइ पुष्पकमल दाहाललाई भनेको हुन सक्ने धेरैले अनुमान गरेका छन् ।

चुनावका बेलामा बृद्ध भत्ता बढाउने आफ्नो बाचाको प्रसंगमा प्रधानमन्त्री ओलीले देशको ढुकुटी रित्तो भएका कारण बाचा अनुसार काम नभएको बताए । उनले भने’, आगामी वर्षको बजेटमा बृद्ध भत्ता अवश्य बढ्छ ।’

विकासका लागि समय लाग्ने भएको र त्यसको सुरुवातमा अर्थतन्त्र सुधार्ने काम भइरहेको ओलीले भनाई थियो। उनले भने’, मलाई मेरो काम र कर्तव्यका बारेमा मज्जाले थाह छ। काम हुँदैछ।’

भारत र नेपालबीचको सम्बन्ध सुधार ल्याउने प्रयास स्वरुप समान हैसियत राख्ने काम आफ्नो सरकार सफल भएको ओलीको दाबी थियो। उनले अबको पाँच वर्षमा रक्सौलबाट काठमाण्डौ रेल कुद्ने पनि दाबी गरे।

अर्थमन्त्री युवराज खतिवडा र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसगै उपस्थित भएका प्रधानमन्त्री ओलीले अबको केही समयमा सरकारका काम देखिने बताए। उनले भने, ’बाटो बनाउनका लागि पहिला धुलो उडाउनै पर्छ। अब केही समयमा धुलो उड्दैन।’

Published : Friday, 2018 October 19, 7:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया