श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं । श्रीलंकाविरुद्ध फराकिलो गोलअन्तरको जित निकाल्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हराएको हो । योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ । समान अंक रहे पनि गोलअन्तरको आधारमा भुटान उपविजेता बनेको छ ।
नेपाललाई अघिल्लो चरणमा पु¥याउन रेखा पौडेलले दुई गोल गरिन् । सविता राना मगर, सावित्रा भण्डारी, अमीषा कार्की र रश्मी घिसिङले समान १÷१ गोल गरेका छन् ।
नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराए पनि बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल रहेको समूहको उपविजेता बनेको भुटानले भने बंगलादेशसँग खेल्नेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया