चीनमा नेपालका हमाललाई उसुमा ऐतिहाँसिक कास्य पदक
काठमाडौं । चीनमा अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा भइरहेको इन्टरनेसनल उसु इन्भिटेस्नल टुर्नामेन्टमा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय खेलाडी दीपक हमालले ऐतिहाँसिक कास्य पदक जित्न सफल भएका छन् ।
हमालले उसु याउँलो विधाअन्तर्गत नानछ्वान इभेन्टमा हालसम्मकै सर्वाधिक ९.६६३ स्कोर प्राप्त गरी ऐतिहाँसिक कास्य पदक जित्न सफल भएका हुन् ।
उक्त इभेन्टमा कोरिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, इण्डोनेसिया गरी २१ राष्ट्रको सहभागिता रहेको थियो ।
नेपाल उसुको इतिहाँसमा अन्तर्राष्ट्रिय याउँलो पदक प्राप्त भएको यो पहिलो पटक हो । हमालको जितसँगै जापानमा अक्टुबरमा हुने उसु वर्ल्ड गेम्स र २०औँ एसिया गेम्समा पदक दिलाउने सम्भावना मजबुत भएको नेपाल उसु महासंघका महासचिव तथा टिम नेता लाक्पा छिरिङ लामाले बताए ।
सान्सौ विधामा ९० केजी तौल समूहका किरण सि.सावद तथा महिलातर्फ ६५ केपी समूहका लुमन्ती श्रेष्ठले पनि ऐतिहाँसिक कास्य पदक दिलाएका छन् ।
सान्सो विवधाका फाइनल गेम्समा महिला खेलाडी ५६ केजी समूहकी विद्या गुरुङ र ८० केजी समूहका सञ्जीव महर्जनले नयाँ इतिहाँस बनाउने कोच निकेश श्रेष्ठ तथा जुनी राईले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया