आइसिसी यू-१९ विश्वकपका लागि नेपाली टिमको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघले आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ ।
दक्षिण अफ्रिकामा १९ जनावरीदेखि हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्नेछन् । विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन् । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।
समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ ।
२४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ । नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ । वाम अपअघि नेपाली टिम अभ्यासको लागि दक्षिण अफ्रिकी पुग्नेछ ।
नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा (ए), दीपक बोहरा (बी), उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया