धनगढीलाई सुपर लिगमा दोस्रो जित
काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार दशरथ रङ्गशाला, त्रिपुरेश्वरमा भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हराएको छ ।
धनगढीलाई जिताउन विदेशी खेलाडी ओलावले अफिजले गोल गरेका छन् ।
लिगका दोस्रो जितसँगै धनगढी ६ अङ्क जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।
धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगञ्ज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।
Published : Thursday, 2023 November 30, 9:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया