सभापति देउवाले दिए ‘टिम नेपाल’लाई बधाइ
काठमाडौं । नेपाली क्रिकेट टिम आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गर्न सफल भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुसी व्यक्त गरेका छन् ।
शुक्रबार सभापति देउवाले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट टिमलाई बधाइ दिएका हुन् । उनले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईमाथि नेपालले ऐतिहासिक जित हासिल गरेकोमा आफू निकै खुसी भएको जनाएका छन् ।
देउवाले क्रिकेट टिमले जित हासिल गरेर सम्पूर्ण नेपालीको शान बढाएको बताएका छन् । उनले ऐतिहासिक जितसँगै आगामी टि–२० विश्वकपमा नेपालले अझ दमदार रुपमा प्रस्तुत हुन शुभकामना दिएका छन् ।
सभापति देउवाले भने, ‘सम्पूर्ण खेलाडी, कोच, प्राविधिक टिमलाई हार्दिक बधाइ दिन चाहन्छु ।’
शुक्रबार कीर्तिपुरमा भएको प्रतिस्पर्धामा नेपालसँग यूएई ८ विकेटले पराजित भएको छ ।
ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया