एरिकाले कराँतेमा रजक पदक जितिन्
काठमाडौं । नेपालकी एरिका गुरुङले कराँतेमा ऐतिहासिक रजत पदक जितेकी छिन् ।
कराँतेमा नेपालले एसियाली खेलकुदमा पहिलो पटक रजत पदक जितेको हो । हाङझाउ जारी १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा गुरुङले रजत पदक प्राप्त गरेकी हुन् ।
समग्रमा उनी कराँतेमा पदक भित्र्याउने तेस्रो खेलाडी बन्दा कराँतेमा रजत जित्ने भने उनी पहिलो खेलाडी बनिन् ।
गुरुङले फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग ३–० ले पराजित हुँदै ऐतिहासिक रुपमा रजत पदक पक्का गरेकी हुन् । एरिकाले कराँते इतिहासमा नै पहिलो पटक रजत जितिन् ।
यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङमा रजत जितेको थिए । व्यक्तिगत स्पर्धामा २५ वर्षपछि नेपालले रजत जितेको थियो ।
नेपालले लगातार दोस्रो एसियाडमा रजत जित्न सफल भएको छ । एरिकाले नेपालका लागि पहिलो ऐतिहासिक स्वर्ण जित्न भने सकिनन् ।
फाइनल पुग्ने क्रममा उनले सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ अङ्कले पराजित गर्दै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् ।
कराँतेमा २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको प्रतिस्पर्धामा विमला तामाङ्गले कास्य पदक जितेकी थिइन् ।
एरियकाले आफ्नो स्पर्धामा कडा प्रतिस्पर्धी जापानकी युजुकी सावाएलाई क्वाटरफाइनलमा सेन्सु (पहिलो अङ्क)का आधारमा हराउँदै सेमिफाइनल प्रवेश गरेकी थिइन् ।
क्वार्टरफाइनलमा १–१ को बराबरी भएपछि पहिलो अङ्कको आधारमा सेमिफाइनलमा स्थान बनाएकी उनले सेमिफाइनलमा भने ८–४ को जितसहित फाइनलमा स्थान बनाइन् । यो नेपालको जारी एसियाली खेलकुदमा दोस्रो पदक हो । यसअघि महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया