महिला भलिबल प्रतियोगितामा विश्वकीर्तिमान
न्यूयोर्क । अमेरिकामा भएको नेबरास्का भलिबल प्रतियोगिता हेर्न उपस्थित भएका दर्शकको संख्याले विश्व कीर्तिमान बनाएको छ ।
सिकागोमा आयोजित भलिबल प्रतियोगिता हेर्न ९२ हजारभन्दा बढि दर्शक उपस्थित भएका छन् ।
कुनै पनि महिला खेलाडीको खेलमा यतिधेरै दर्शक उपस्थित भएको यो पहिलो पटक हो । खेल नेबरास्का र ओमाहाबीच भएको थियो । खेल स्थानीय विद्यालयको फुटबल मैदानमा खेलिएको थियो । खेल हेर्न ९२ हजार तीन जना दर्शक उपस्थित भएका थिए ।
महिला खेलकुदमा सर्वाधिक दर्शकको कीर्तिमान गत वर्ष बार्सिलोना र रियल म्याड्रिडबीच भएको फुटबल खेलले बनाएको थियो । बार्सिलोना र रियल म्याड्रिडको खेल च्याम्पियन्स लिगअन्तर्गत भएको थियो । खेलमा ९१ हजार ६ सय ४८ दर्शक उपस्थित भएका थिए ।
नेबरास्का र ओमाहाको भलिबल खेल प्रदर्शनी खेल थियो । भलिबल खेल हेर्न २० हजारको हाराहारीमा दर्शक आउने गरेका थिए ।
अमेरिकामा यति धेरै समर्थक खेल हेर्न उपस्थति भएको यो पहिलो पटक हो । सन् १९९९ मा आयोजित फिफा महिला विश्वकपमा आयोजक अमेरिका र चीनको खेल हेर्न ९० हजार एक सय ८५ दर्शक उपस्थित भएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया