अल-नासर अर क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश
लण्डन । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतले अल–सोर्टालाई हराउँदै अल–नासर अर क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगिज सुपरस्टारले खेलको ७५औँ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि अल–नासर १–० गोलले विजयी बनेको छ ।
साडियो मानेलाई पेनाल्टी बक्समा लडाएपछि अल–नासरले खेलमा पेनाल्टी पाएको थियो ।
रोनाल्डोले यो सिजन उत्कृष्ट सुरुवात गरेका छन् । उनले क्लबका लागि पछिल्ला चार खेलमा चार गोल गरेका छन् ।
रोनाल्डोको टोलीले अल–हिलाल र अल–सबाबबीचको विजेतासँग शनिबार हुने फाइनल खेलमा सामना गर्नेछ ।
Published : Thursday, 2023 August 10, 10:21 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया