लुम्बिनी प्रदेश सरकारद्वारा कांग्रेस नेता डा.केसीलाई उपाध्यक्षमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.नहकुल केसी लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएका छन् ।
मंगलबार देउखुरीमा बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले केसीलाई उपाध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केसीलाई उपाध्यक्ष पदमा नियुक्तिका लागि मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लगेका थिए ।
केसी गरिवी निवारण कोषका पूर्व कार्यकारी निर्देशक पनि हुन् । स्कूल अफ डेमोक्रेसीको स्कूल विभागका प्रमुख समेत रहेका डा.केसी कुशल योजनाकार मानिन्छन् ।
Published : Tuesday, 2023 May 9, 9:32 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया