कृष्णनगर यात्रुगेटबाट धादिङका दुई महिला पक्राउ, कालो पदार्थ बरामद
काठमाडौं । प्रहरीले कपिलवस्तुबाट चरेस जस्तो देखिने कालो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ १० किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा धादिङको खनियाबास गाउँपालिका–५ बस्ने ४९ वर्षीया संगीता तामाङ र सत्यवती गाउँपालिका–१ बस्ने ५९ वर्षीया सेती तामाङ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५/५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
चरेस जस्तो कालो पदार्थ बरामद भएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया