काठमाडौंमा पाल्पाकी तामाङको शव, घरभित्रै ओखलढुंगाकी युटीको शव फेला
काठमाडौं । काठमाडौंमा पाल्पाकी ४९ वर्षीया रिसङ तामाङ मृत भेटिएकी छिन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकिनाग टोल डेरा गरी बस्ने पाल्पाको निस्दी गाउँपालिका–३ घर भएकी ४९ वर्षीया रिसङ तामाङ आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी काठमाडौं महानगरपालिका–९ सिनामंगल भत्केको पुलस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्ले बस्ने ३५ वर्षीया युटी शेर्पा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बाराको कोल्हबी नगरइपालिका–१० बेलवा बस्ने ४० वर्षीय महेश माझी सोही ठाउँस्थित जमुनी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया