शरणार्थी प्रकरणमा भ्रष्टाचारी बचाउन ओली म्याउँ गरेको खतिवडाको खुलासा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा खतिवडाले नेपालको राजनीतिमा जसले धेरै बदमासी गर्छ, उसैले धेरै डकार्छ भन्ने कुरा आउन थालेको बताएका छन् ।
‘जो कोही दोषी छ भने सरकारले गरेको कारबाही भोग्न तयार हुनुपर्छ’, उनले भने, ‘संसदमा ताली बजाएर होइन, कानूनअनुसार सजाय भोग्न तयार हुनुपर्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले ‘म कतैबाट दोषी देखिए सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु ।’
‘जो दोषी छ, त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ ? म प्रश्न गर्न चाहन्छु’, उनले भनेका छन् ।
एमाले अध्यक्ष खड्गप्रसाद ओलीतर्फ संकेत गर्दै सांसद खतिवडाले आफ्नो मान्छे पर्न लागेपछि प्रधानमन्त्रीकोमा म्याउँम्याउँ गरेर भ्रष्टाचारीलाई जोगाउन सक्रिय भएर लागेको बताएका छन् ।
Comments are closed.
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया