टिकटकमा काण्ड गर्ने विजय लामा पक्राउ
काठमाडौं । प्रहरीले चितवनका २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा चितवनको राप्ती नगरपालिका–९ बस्ने तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडियोलाई अश्लीलता सहित प्रसारण गरी सम्वन्धीत व्यक्तित्वको छविमा आँच पुर्याउने साथै, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा तामाङले संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
त्यसपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई साइबर व्यूरो भोटहिटिबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा उनकै ठेगानाबाट पक्राउ गरेको हो ।
तामाङउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया