कांग्रेसका तीन मन्त्रीले शपथ लिए
काठमाडौं । नेपाली कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार उनीहरूले शीलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
Published : Thursday, 2023 May 4, 4:01 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया