सरकारका बहालवाला सचिव हिरासतमा, अदालतले दियो अनुमति
काठमाडौं । तत्कालीन गृह सचिव तथा उप–राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।
बुधबार काठमाडौंमा पक्राउ परेका पाण्डेलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
पाण्डेलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारको हिरासतमा राखिएको छ ।
अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको प्रकरणमा संलग्न भएको आरोपमा पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
मंगलबार पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई चार दिनको म्याद दिएको छ । राईसँगै प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ ।
नेता एवं उच्च पदस्थका व्यक्तिहरू समेत मुछिएका छन् । प्रहरीले एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, इन्द्रजितका छोरा निरज लगायतविरूद्ध पुर्जी जारी छ ।
एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार राति बुटवलबाट पक्राउ गरिसकेको छ ।
एमालेका सचिव रायमाझी मोबाइल फोन अफ गरेर सम्पर्कविहीन बनेका छन् । उनी काठमाडौं जान्छु भनेर अर्घाखाँचीबाट हिँडेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया