अर्थ मन्त्रालयको सचिवमा पोखरेलको सरुवा, एमाले समर्थक सचिवलाई फालियो

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा अर्जुन पोखरेललाई सरुवा गरेको छ ।

अर्थ मन्त्रालयका एमाले समर्थक सचिव तोयम रायलाई उप–राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । सचिव राय एमालेका नेता तथा तत्कालीन अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थ सचिव रायलाई सरुवा गर्ने निर्णय गरेको हो । पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरेर ल्याइएको छ ।

Published : Wednesday, 2023 May 3, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया