सभापति देउवाद्वारा नेपाली प्रेसको प्रशंसा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् ।
सभापति देउवाले बुधबार विज्ञप्ति जारी गरेर विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिएका हुन् । उनले पत्रकार वर्गले आफ्नो हक र हितका निमित्त संगठित रुपमा दृढ साहस र संकल्पका साथ संघर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको जनाएका छन् ।
‘विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्षमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मी साथीहरूमा हार्दिक शुभकामना र बधाई दिन चाहन्छु’, देउवाले भनेका छन्, ‘लोकतान्त्रिक ब्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरूले विभिन्न कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ।’
उनले भने, ‘प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको हो । स्वच्छ, स्वस्थ र निष्पक्ष संचार जगत नै लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
‘नेपाली कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यवसायिक पत्रिकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, संचार माध्यमहरूमा संचारकर्मीहरूको पेशागत एवं व्यवसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैं लड्दै आएको छ’, उनले भनेका छन् ।
‘जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गर्दछु’, सभापति देउवाले भनेका छन् ।
‘नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यवद्धता प्रकट गर्दै यस अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सबै नेपाली संचारकर्मी एवं संचारमाध्यमलाई फेरि पनि बधाई र शुभकामना व्यक्त गर्दछु’, विज्ञप्तिमा देउवाले भनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया