भक्तपुरमा पक्राउ परेका मोक्तानलाई मुस्ताङ पठाइयो
काठमाडौं । प्रहरीले ३२ वर्षीय राजकुमार मोक्तानलाई चोरीको अभियोगमा जगातीबाट पक्राउ गरेको छ ।
मुस्ताङको वारागुङ गाउँपालिका–१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपियाँ चोरी गरेको अभियोगमा रामेछापको सुनापती गाउँपालिका–२ लामाटोल ठेगाना भएका मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
खाजाघरको झ्यालबाट प्रवेश गरी गत पुस १२ गते नगद चोरी गरी फरार रहेका मोक्तानलाई प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ जगातीबाट पक्राउ गरेको जनाएको छ ।
मोक्तानलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।

Published : Tuesday, 2023 May 2, 7:59 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया