लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने
मसुरिया । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १९ गते विश्वासको मत लिने भएका छन् ।
प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशन बमोजिबम प्रदेश सभाको बैठक मंगलबार बिहान ११ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सोही दिन नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनेछन् ।
मुख्यमन्त्री चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेश सभा सचिवालयमा आइतबार बिहान मात्रै विश्वासको प्रस्ताव दर्ता भएकाले मंगलबार बैठक आह्वान गरिएको प्रदेश सचिवालयका सचिव दुर्लभकुमार पुनले बताएका छन् ।
सचिवालयमा विश्वासको प्रस्ताव दर्तामा ढिलाई भएकाले बैठक मंगलबार तय गरिएको छ ।
५३ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेसका चौधरी बिहीबारमात्रै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीसँगै माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विना विभागीय मन्त्री बनेका छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक प्रदेशसभा सदस्य गरी ५३ प्रदेशसभा सदस्यको समर्थन छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया