प्रहरी ईन्स्पेक्टर शक्तिशाली साँढे बने, हवल्दारलाई मुखैमुखमा हाने
काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) नवीन चापागाइँले प्रहरी हवल्दार हरि आरसीलाई कुटपिट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत ईन्स्पेक्टर चापागाइँले प्रहरी हवल्दार आरसीलाई शनिबार कुटपिट गरेका हुन् ।
कुटाइ खाएका प्रहरी हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन् । आरसीको स्थायी घर सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ मा पर्छ ।
३७ वर्षीय प्रहरी हवल्दार आरसीको बायाँ आँखा, नाक र मुखमा चोट लागेको छ ।
ईन्स्पेक्टर चापागाइँले प्रहरी हवल्दार आरसीलाई जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर दनक दिएको हवल्दार आरसीले नै बताएका छन् ।
प्रहरी हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख (डीएसपी) शिवबहादुर बुढाथोकीले ईन्स्पेक्टर चापागाइँले प्रहरी हवल्दार आरसीलाई कुटपिट गरेको आफूले सुनेको र घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
ईन्स्पेक्टर चापागाइँको कुटाइ खाएका प्रहरी हवल्दार आरसी शनिबार विदामा थिए । विदाको दिन उनले साथीहरूसँग मादक पदार्थ सेवन गरेको स्वीकार गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया