जसपाका सांसद राजकिशोर यादवको निर्वाचन खर्च कति ?
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता तथा प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले निर्वाचनमा करीव साढे १२ लाख रुपियाँ खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
सिरहा क्षेत्र नं. २ बाट निर्वाचित जसपाका सांसद यादवले इन्धन खर्चमा ४ लाख ५० हजार ६३ रुपियाँ ५० पैसा खर्च गरेका छन् ।
गाडी भाडामा उनले ६ लाख ९० हजार खर्च गरेको विवरण आयोगमा बुझाएका छन् । उनले अफसेट प्रेस खर्च अर्थात पर्चा लगायतका सामग्री छपाइमा ८८ हजार खर्च गरेका छन् ।
धरौटी वापत उनले १० हजार खर्च गरेको विवरण आयोगलाई बुझाएको उल्लेख छ ।
जसपाका सांसद यादवले १२ लाख ३८ हजार ६३ रुपियाँ ५० पैसा खर्च भएको उल्लेख छ ।

Published : Sunday, 2023 April 30, 7:22 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया