काठमाडौंमा ठूलो परिमाणको चोरी, तनाबमा परिन पुष्पा
काठमाडौं । काठमाडौंमा चोरले ठूलो परिमाणको धनमाल चोरी गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–९ मेडिकलचोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी ६४.५ तोला सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
चोरले अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रूपियाँ समेत चोरेर लगेको छ ।
पुष्पाको घरबाट करिब १ करोड १० लाख ५० हजार रूपियाँ बराबरको धनमाल शुक्रबार राति चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Saturday, 2023 April 29, 6:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया