ओलीले लगाएको तल्लोस्तरको लाञ्छना हावादारी भएको खुल्यो
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पूर्वराज परिवारका सदस्यहरूलाई विभिन्न लाञ्छना लगाएपछि सम्वाद सचिवालयले खण्डन गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले शुक्रबार सूचना जारी गरेर पूर्वराजा, पूर्वरानी तथा पूर्वयुवराज्ञीबाट कुनै पनि प्रकारको सामाजिक सञ्जाल सञ्चालन नगरेको उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘श्री ५ महाराजाधिराज सरकार, श्री ५ बडामहारानी सरकार तथा श्री ५ युवराज्ञी सरकारबाट कुनै पनि प्रकारको सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा पुनः जानकारी गराइन्छ ।’
‘यस्तो निराधार कपोल्कल्पित भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँचा नपु¥याउन अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ ।
सम्वाद सचिवालयले भनेको छ, ‘यस सम्बन्धमा यस सचिवालयबाट मिति २०७८ मंसिर २३ गते समेत खण्डन भइसकेको जानकारी गराइन्छ ।’
एमालेका अध्यक्ष ओलीले बिहीबार एउटा सार्वजनिक कार्यक्रममा पूर्वराजा र उनको पारिवारिक सदस्यहरूले सामाजिक सञ्जाल चलाएको भनेर बिषवमन गरेपछि सम्वाद सचिवालयले सामाजिक सञ्जाल नरहेको जनाएको हो ।
एमालेका अध्यक्ष ओलीले हावाको भरमा आफ्ना अभिव्यक्ति दिएको खुलासा भएको छ । ओलीले पूर्वराज परिवारविरुद्ध जथाभावी अभिव्यक्ति दिएका थिए ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया