बंगलाचुलीमा केशरादेवीद्वारा बञ्चरो प्रहार

काठमाडौं । घरायसी कुरामा विवाद हुँदा दाङमा पत्नीले आफ्नै पतिको हत्या गरेकी छिन् ।

आफ्नै श्रीमान् ६४ वर्षीय रेशमबहादुर दमाईको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–१ सिउजाडाँडा टोल बस्ने ५७ वर्षीया केशरादेवी दमाईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

केशरादेवीले आफ्नै श्रीमानलाई बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हत्याको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2023 April 27, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया