डीआईजी कडायतलाई प्रहरीको विशेष जिम्मेवारी
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुबेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी नायव महानिरीक्षक कडायतलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिनेछ ।
Published : Thursday, 2023 April 27, 7:05 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया