निद्रामै बिहान उठेर हिँडेका बुढाथोकीको मृत्यु
काठमाडौं । पाल्पा जिल्लामा भिरबाट खसेर ४० वर्षीय केशवबहादुर बुढाथोकीको मृत्यु भएको छ ।
बिहीबार बिहान करीव ५ बजे बगनासकाली गाउँपालिकाको वडा नं. ७ छहरेखोला बस्ने बुढाथोकी भिरमाथिबाट अन्दाजी १५० मिटर तल खोल्सामा खसेका थिए ।
खोल्सामा खसेपछि बुढाथोकीको मृत्यु भएको पाल्पा प्रहरीका प्रवक्ता वीरेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बुढाथोकीलाई निद्रामा हिँड्ने बानी थियो । सोही कारण उनी निद्रामा हिँडेका बेला भिरबाट खोल्सामा खसेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केशवबहादुर बुढाथोकी बिहीबार बिहान करीव ३ बजे निद्रामै उठेर हिँडेको भन्ने बुझिएको, प्रारम्भीक अनुसन्धान कार्य पश्चिात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको छ ।’

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया