कोइलाबास नाका खोल्न भारतसँग कुटनैतिक पहल गर्न देवकोटाको माग
काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले दाङको कोइलाबास भन्सार नाका कुटनैतिक पहलमार्फत खोल्न माग गरेकी छिन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद देवकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निक भविष्यमा गर्न लागेको भारत भ्रमणमा कोइलाबास नाका खोल्न पहल गर्न आग्रह गरिन् ।
उनले भनेकी छिन्, ‘दाङको कोइलाबास प्रमुख नाकाहरूमध्ये छैठौँ नाका रुपमा रहेको छ । तर, अहिले कोइलाबास नाकाबाट नगन्य मात्रामा आयात र निर्यात हुन्छ ।’
‘दाङ जिल्लाका साथै तत्कालीन राप्ती अञ्चलका जिल्लाहरू प्रभावित भएका छन्’, देवकोटाले भनेकी छिन्, ‘सडक लगायत विद्युतीय पूर्वाधारहरू पनि तयार भइसकेका छन् ।’
कांग्रेस सांसद देवकोटाले भनेकी छिन्, ‘प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतको केन्द्र सरकार र उत्तरप्रदेश सरकारसँग कुटनैतिक पहल गरेर कोइलाबास नाका पूर्ववत रुपमा सञ्चालन गरियोस् भन्ने सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘रोल्पा, रुकुम, सल्यान, प्यूठानको स्वास्थ्यको आधार भएको दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । संविधान पिता सुशील कोइरालाको पहिलो संकल्प पनि हो ।’
‘बजेट अभावको कारण भौतिक पूर्वाधार निर्माण हुन सकेका छैनन् । जग्गा प्राप्ति हुन सकेको छैन’, उनले भनिन्, ‘जसले गर्दा पठन पाठनमा समस्या भएको छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया