यी तेह्र जना डीआईजीहरूको पदस्थापना, सीआईबीमा पोखरेल
काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन गरेको छ ।
बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालले डीआईजीहरूको पदस्थापना गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी डीआईजी अर्जुन चन्द ठकुरीले पाएका छन् ।
डीआईजी कुवेर कडायतलाई प्रहरी महानिरीक्षकको सचिवालय हेर्ने जिम्मेवारी दिइएको छ । कडायतले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मा पनि सम्हाल्नेछन् ।
डीआईजी केदार ढकाललाई आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको जिम्मेवारी दिइएको छ । डीआईजी विष्णुकुमार केसीलाई अन्वेषण तथा योजना निर्देशनालयको जिम्मेवारी दिइएको छ ।
डीआईजी भरतबहादुर बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारीसहित पदस्थापना गरिएको छ । डीआईजी रविन्द्र केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापना गरिएको छ ।
डीआईजी राजेशनाथ बाँस्तोलालाई कोशी प्रदेश प्रहरी कार्यालयमा पदस्थापना गरिएको छ । डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापना गरिएको छ ।
डीआईजी जनकराज भट्टराईलाई मधेश प्रदेश प्रहरी कार्यालयमा पदस्थापना गरिएको छ । डीआईजी लालमणि आचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको छ ।
डीआईजी सुरेन्द्र मैनाली अपराध अनुसन्धान निर्देशनालयमा पदस्थापना गरिएको छभने यज्ञविनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मेवारी दिइएको छ ।
डीआईजी विकासराज खनाललाई कार्य विभागमा पदस्थापनासहितको जिम्मा दिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया