बसको ठक्करबाट बालिकाको मृत्यु
काठमाडौं । स्कुल बसेको ठक्करबाट झापामा साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
कमल गाउँपालिका–२ भुत्लुङस्थित सडकमा मे.१ क ४०७ नम्बरको नवोदय माबि स्कुल बसको ठक्करबाट सोही ठाउँ बस्ने पवन सुवेदीकी छोरी साढे दुई वर्षीया चिन्दल सुवेदीको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Wednesday, 2023 April 26, 11:43 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया