बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । स्कुल बसेको ठक्करबाट झापामा साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

कमल गाउँपालिका–२ भुत्लुङस्थित सडकमा मे.१ क ४०७ नम्बरको नवोदय माबि स्कुल बसको ठक्करबाट सोही ठाउँ बस्ने पवन सुवेदीकी छोरी साढे दुई वर्षीया चिन्दल सुवेदीको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिम्याक्स अस्पताल गौरादहमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2023 April 26, 11:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया