मन्त्री साउदसँग चिनियाँ राजदूतको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री साउदसँग राजदूत सोङले भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच नेपाल–चीन सम्बन्ध, दुबै मुलुकबाट हुने उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको बुझिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्मासमेत चीन जाने तयारीमा छन् । सम्भवतः शर्मा मे महिनाको अन्तिम साता चीन जानेछन् ।

राजदूत सोङले चिनियाँ समकक्षी छिन काङले दिएको बधाई ज्ञापन पत्र मन्त्री साउदलाई हस्तान्तरण गरेका थिए ।

केही दिन अगाडि विभिन्न जिल्ला पुगेर आएका राजदूत सोङले मन्त्री साउदलाई भेट गरेका छन् ।

Published : Tuesday, 2023 April 25, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया