रवि लामिछानेद्वारा प्रचण्डको ‘निकम्मा’ कम्युनिस्ट सरकार ढाल्ने संकेत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरकारलाई समर्थन गरेवापत राहदानी दुरुपयोग काण्डको मुद्दा फिर्ता लिने ‘लेनदेन’ गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।
चितवन–२ को उप–निर्वाचनमा जीत हासिल गरेपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नभएको बताएका हुन् । उनले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने उल्लेख गरेका छन् ।
सभापति लामिछानेले भने, ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन ।’
सभपाति लामिछानेले सरकारमा जाने सम्भावना नरहेको पनि बताएका छन् । उनले भने, ‘सरकारमा जाने त सम्भावनै छैन ।’
लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको चेतावनी दिएका छन् । उनले अब अस्थिरता नहोस् भनेर गलतलाई नबोक्ने बताए ।
लामिछानेले काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने बताएका छन् । नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताएका छन् ।
नागरिकता काण्डमा सांसद पद गुमाएका लामिछानेका कारण चितनव २ मा पुनः करोडौं रुपियाँ राज्यको खर्च गरेर उप–निर्वाचन भएको छ ।
लामिछानेले दोहोरो राहदानी लिएको अभियोगमा मुद्दा प्रचण्ड सरकारले फिर्ता लिने निर्णय गरेको छ । तर, सो मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ ।
सर्वोच्च अदालतले सभापति लामिछानेको दोहोरो राहदानी बोकेको कार्यलाई सफाइ दिन्छ वा मुद्दा चलाउन आदेश दिन्छ हेर्न बाँकी छ ।
रास्वपाका सभापति लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेमा प्रचण्ड नेतृत्वको निकम्मा सरकारको खुट्टा हल्लिनेछ । त्यसपछि नयाँ समीकरण बन्ने सम्भावना रहन सक्छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया