काठमाडौंमा मोटरसाइकल दुर्घटना, वडाध्यक्ष अधिकारीको मृत्यु

काठमाडौं । सडक दुर्घटनामा काठमाडौंमा वडाध्यक्षको मृत्यु भएको छ ।

आइतबार कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उप–मेयर शुभलक्ष्मी शाक्यले बताएकी छिन् ।

कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते मेला लागेका बेला बिहान पौने १० बजेतिर कीर्तिपुर–४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल ब्रेक नलागेर ढुंगामा ठोक्किएर दुर्घटना भएको थियो ।

स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए । कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरेलगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो ।

अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Published : Sunday, 2023 April 23, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया