बुर्तिबाङ जाँदै गरेको बस पाल्पामा दुर्घटना
काठमाडौं । पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ ।
आइतबार बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । बस बुटवलबाट बुर्तिबाङ जाँदै थियो ।
दुर्घटनाबाट अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरिएको छ । घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Published : Sunday, 2023 April 23, 10:50 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया