बुर्तिबाङ जाँदै गरेको बस पाल्पामा दुर्घटना

काठमाडौं । पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ ।

आइतबार बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । बस बुटवलबाट बुर्तिबाङ जाँदै थियो ।

दुर्घटनाबाट अहिलेसम्म २० जना घाइतेलाई उद्दार गरिएको छ । घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2023 April 23, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया