यस्तो हो ओलीको बास्तविक चरित्र, रामहरि खतिवडाद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले एमालेका अध्यक्ष केपी ओलीलाई राजनीतिक अस्थिरताको मुख्य दोषी रहेको आरोप लगाएका छन् ।

शनिबार खतिवडाले ट्वीट गर्दै ओलीले अवसर पाउँदा पनि कुनै काम गर्न नसकेको बताएका हुन् । ओलीलाई खतिवडाले असफल कम्युनिस्ट नेता भनेका छन् ।

खतिवडाले भनेका छन्, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा अबसर पाएर असफल नेता केपी ओली हुन् ।’

‘अरुलाई आलोचना र गाली गर्ने, कुरा मीठा गर्ने । काम नगर्ने नेता उनै हुन्’, खतिवडाले भने, ‘अहिलेको राजनीति बिचलनको नायक पनि उनै हुन् ।’

कांग्रेसका नेता खतिवडाले भने, ‘कहिले माओवादी र रास्वपा, कहिले कांग्रेस । तर, उनी सच्चा सत्तावादी नेता हुन् ।’

एमालेका अध्यक्ष ओलीले जथाभावी बोलेर हैरान बनाएपछि कांग्रेसका नेता खतिवडाले कठोर आलोचना गरेका हुन् ।

Published : Saturday, 2023 April 22, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया