टरीगाउँ विमानस्थल स्तरोन्नति गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीले दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नतिको माग गरेका छन् ।

कांग्रेका नेता गिरीको नेतृत्वमा सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेट गरेर तुलसीपुरको टरीगाउँ विमानस्थलको स्तरोन्नतिको माग गरिएको हो ।

सांसद गिरीका स्वकीय सचिव युवराज डिसीका अनुसार नेता गिरीको नेतृत्वमा गएको टोलीले टरीगाउँ विमानस्थलको स्तरोन्नति गरेर ठूला जहाज सञ्चालनको माग गरिएको छ । त्यसका लागि आवश्यक पर्ने भौतिकपूर्वाधार निर्माण गर्न पनि माग गरिएको छ ।

मन्त्री किराँतीसँग कांग्रेसका सांसद गिरीका साथै माओवादीका प्रदेश सांसदद्वय धनबहादुर मास्की, जगप्रसाद शर्मा लगायतको टोलीले भेट गरेको हो ।

दाङको तुलसीपुर उप–महानगरपालिकाको टरीगाउँ विमानस्थल पूरानो विमानस्थलमा पर्छ । यो विमानस्थल सञ्चालनका लागि राजनीतिक दवाव पर्दै आएको छ । तर, कर्मचारी प्रशासनको असहयोगका कारण सञ्चालनमा समस्या भइरहेको छ ।

कांग्रेसका नेता गिरीले विमानस्थल स्तरोन्नतिका लागि सरकार र सरोकारवाला निकायलाई दवाव दिइरहेका छन् ।

Published : Saturday, 2023 April 22, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया