टरीगाउँ विमानस्थल स्तरोन्नति गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीले दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नतिको माग गरेका छन् ।
कांग्रेका नेता गिरीको नेतृत्वमा सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेट गरेर तुलसीपुरको टरीगाउँ विमानस्थलको स्तरोन्नतिको माग गरिएको हो ।
सांसद गिरीका स्वकीय सचिव युवराज डिसीका अनुसार नेता गिरीको नेतृत्वमा गएको टोलीले टरीगाउँ विमानस्थलको स्तरोन्नति गरेर ठूला जहाज सञ्चालनको माग गरिएको छ । त्यसका लागि आवश्यक पर्ने भौतिकपूर्वाधार निर्माण गर्न पनि माग गरिएको छ ।
मन्त्री किराँतीसँग कांग्रेसका सांसद गिरीका साथै माओवादीका प्रदेश सांसदद्वय धनबहादुर मास्की, जगप्रसाद शर्मा लगायतको टोलीले भेट गरेको हो ।
दाङको तुलसीपुर उप–महानगरपालिकाको टरीगाउँ विमानस्थल पूरानो विमानस्थलमा पर्छ । यो विमानस्थल सञ्चालनका लागि राजनीतिक दवाव पर्दै आएको छ । तर, कर्मचारी प्रशासनको असहयोगका कारण सञ्चालनमा समस्या भइरहेको छ ।
कांग्रेसका नेता गिरीले विमानस्थल स्तरोन्नतिका लागि सरकार र सरोकारवाला निकायलाई दवाव दिइरहेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया