तेह्र जना डीआईजीहरूको बढुवासँगै आईजीपी कुँवरद्वारा फुली प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बिहीबार प्रहरी मुख्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी पाउने प्रहरी नायव महानिरीक्षकहरूमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकाशराज खनाल रहेका छन् ।

उनीहरूलाई नेपाल सरकार उप–प्रधानमन्त्री एवं गृहमन्त्रिस्तरको २०८० वैशाख ६ गतेको निर्णयानुसार एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो ।

प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन् । उनले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिएका छन् ।

पदोन्नति भएका प्रहरी अधिकृतहरूले आफूले प्राप्त गरेको प्रदीय जिम्मेवारीलाई अझ फरक ढङ्ले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन उनले निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले तस्करी, सीमा अपराध र राजश्व चुहावट रोक्न अझ बढी सक्रिय र आक्रामक भएर काम गर्नुपर्ने बताएका छन् ।

Published : Thursday, 2023 April 20, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया