काठमाडौंमा मनाइयो आइसीआरआरको स्थापना दिवस
काठमाडौं । ७३औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आइसीआरआर)को स्थापना दिवस काठमाडौंमा मनाइएको छ ।
भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले वैशाख ६ गते दूतावासमा एक कार्यक्रमको आयोजना गरी ७३ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद स्थापना दिवस मनाएको विज्ञप्तिमा उल्लेख छ ।
आइसीआरआरका एलम्नाइबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन हेतु आयोजित सो कार्यक्रम जारी आजादीका अमृत महोत्सवको एक हिस्साको रुपमा रहेको छ ।
दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले उक्त कार्यक्रमको उद्घााटन गरेका थिए ।
कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख श्रीवास्तवले भारतमा अध्ययन गर्न छात्रवृत्ति तथा फेलोशिपमार्फत आइसिसिआरले भारत र नेपालका जनताबीच मित्रभावको निर्माण गर्नुका साथै दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाएको बताए ।
कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा कलाकारहरुले विभिन्न शास्त्रीय राग झल्किने सांगीतिक प्रस्तुति प्रस्तुत गरेका छन् ।
चर्चित संगीतकर्मी एवम् आइसीआरआर एलम्नाइद्वय डा.हरिप्रसाद पौड्याल (बाँसुरी) र यात्रीराज अधिकारी (भायोलिन)ले जुगलबन्दी प्रस्तुत गरेका छन् ।
भारत र नेपालबीच सदियौंदेखि रहीआएको सांस्कृतिक सम्बन्धलाई थप मजबूत बनाउनेतर्फ स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौं प्रयासरत रहने विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया